नेकपा सांसद शान्ता चौधरीले ग्रेड ‘बी’ले पास

 

एउटी कमलरीको असम्भव सपना पूरा भयो, प्रतिनिधिसभामा नेकपाकी सचेतक रहेकी शान्ता चौधरीले बताईन । उनले कमलरीको सन्तानले पढ्ने सपना नदेख भन्नेहरुका लागि एसइई पाससम्मको यात्रा एउटा विद्रोहको श्रृंखला हो भनेकी छन् ।

भर्खरै सार्वजनिक भएको एसइई परीक्षाको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टीकी सांसद तथा प्रतिनिधि सभाकी प्रमुख सचेतक शान्त चौधरीले ग्रेड बी ल्याएकी छन्।

ग्रेड बी ल्याएर एसइई परीक्षामा उनी सफल भएकी हुन्। सांसद चौधरीले आफ्नो मेहनेत अनुसार सफल भएको बताएकी छन्।

चौधरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित तुलसीपुर माध्यमिक विद्यालय केन्द्रबाट परीक्षा दिएकी थिइन्।

प्रकाशित मिति :- १३ असार २०७६, शुक्रबार ०७:५५