कांग्रेसलाई प्रश्न : दिनभरि वीपी, रातभरि विप्लव हो?

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको नीतिबारे प्रश्न गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल हत्याका विषयमा संसद अवरुद्ध गरिरहेको कांग्रेसलाई आफ्नो नीतिमा स्पष्ट हुनेतर्फ संकेत गर्दै उनले भने, ‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो ?’


प्रतिपक्षी दल नेपाली कांग्रेसले मृत्युको व्यापार गरेको समेत उनले आरोप लगाएका छन् ।

सर्लाहीमा पौडेलका साथै भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरी जवान मारिएको विषयमा समेत प्रतिपक्षबाट केही अप्ठ्यारा टिप्पणी आएको बताउँदै उनले शान्ति चाहने र हिंसा गर्नेलाई एकै नजरले हेर्नु प्रतिपक्षको दृष्टिदोष भएको उल्लेख गरे ।

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै मन्त्री बास्कोटाले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई आग्रह गरे ।

हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्छु भन्ने नसोच्न कांग्रेसलाई सचेत गराए । सशस्त्र द्वन्द्वकालमा माओवादीले कहिले दरबारका नाममा, कहिले कांग्रेस त कहिले एमालेका नाममा खेलेकै स्मरण गर्दै उनले अहिले विप्लवसमूहले पनि त्यही प्रयोग गर्न खोजेको बताए ।

प्रकाशित मिति :- २६ असार २०७६, बिहीबार २१:०७