प्रदेश २ सरकारले आफ्नै बैंक स्थापना गर्ने

 

नेपालमै पहिलोपटक प्रदेश २ सरकारले आफ्नै स्वामित्वमा प्रादेशिक बैंक स्थापना गर्ने भएको छ ।

प्रदेशका सबै जनताको बैंकमा पहुँच हुन नसकेको अवस्थामा प्रदेशको आर्थिक वृद्धिदर उकास्न प्रदेश सरकारले बैंकको स्थापना गर्न लागेको हो ।

गरिबी निवारण, प्रदेशवासीको आयआर्जनमा वृद्धिलगायतका उद्देश्यले प्रदेश सरकार बैंक स्थापनाको अवधारणा ल्याएको नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झालले बताए ।

बैंक स्थापनाका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटसमेत विनियोजन गरेको उपाध्यक्ष झाले बताए । आगामी आर्थिक वर्ष ०७६/७७ भित्रै बैंक स्थापना गर्ने उद्देश्य रहेको उनले बताए ।

प्रकाशित मिति :- २७ असार २०७६, शुक्रबार ०७:०७