लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव शनिबार साँझ साढे तीन लाख पुग्न लागेको छ। पहाडी क्षेत्रमा पानी पर्न नरोकिएपछी बहाव उच्च हुनेक्रम निरन्तर भएको हो ।
साँझ ६ बजेको मापनअनुसार कोशीमा पानीको बहाब ३ लाख ३१ हजार २ सय २० क्युसेक पुगेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। उनका अनुसार अहिले ५६ ढोकामध्ये ४१ ढोका खोलिएका छन्।
ब्यारेज सडकमा बाढी अाेभरफ्लाे वा सडक कटान हुने खतरा देखिएको छ । भारदह क्षेत्रका बासिन्दा उच्च सतर्कता अपनाउन देखिएको प्रशासनले जनाएको छ । हाल उक्त पुर्व पश्चिम राजमार्गबाटा बढी वजन भएका सवारीसाधन चलाउन राेक लगाएकाे छ ।