गायक प्रमोद पिया अस्पतालमा भर्ना

 

भोजपुरी गायक प्रमोद पिया बिरामी भई अस्पतालमा भर्ना हुनु भएको छ । रौतहट जिल्लाको चर्चित युवा गायक प्रमोद पिया आज बिहान अचानक पेट दुखाइ र भोमिट हुने गरेको महसुस भएका कारण अहिले इमर्जेन्सी रुममा भर्ना हुनुभएको जनाएको हो ।

उहाँ अहिले रौतहट स्थित अनामिका हस्पिटल गरुडामा भर्ना भएको अस्पताल श्रोतले जनाएको छ । डाक्टर आर वि प्रसाद जैसवालको अनुसार ग्यास्ट्रीक र स्टोनले गर्दा विगत दुई दिन देखि रौतहट गरुडा समुदायिक हस्पिटलमा भर्ना भएको जनाएको छ ।

गायक पियालाई अस्पतालको २ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

बिगत केही दिन देखि अविरल वर्षाका कारण स्वास्थ जाँचका लागि गायक पिया अस्पताल पुग्दा केही सञ्चो भएको महसूस गर्नु भएको उहाँले बताउनु भएको छ ।

यसअघि नै एक स्टोनले थला परिसकेकाले गायक पियालाई अझ बढी ध्यान पुर्याउनु परेको उहाँको कथन छ ।

भोजपुरी तथा मैथिली गायन सङ्गीतमा प्रमोद पियालाई लोकप्रिय र्सजकका रुपमा चिनिइन्छ ।

प्रकाशित मिति :- २ श्रावण २०७६, बिहीबार ११:४५