×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २०, शुक्रबार
सुनको भाउ अहिलेसम्मकै महँगो
  • नेपाली स्टुडियाे संवाददाता

  • काठमाडाैं

  • १७ श्रावण २०७६, शुक्रबार
  • सुन अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

    अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघ अन्तरर्गतको सुनको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि प्रभाव परेको हो । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

    Nabintech