×
प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ४ प्रदेश नं. ५ प्रदेश नं. ६ प्रदेश नं. ७
गृहपृष्ठ विचार/ब्लग राजनीति अन्तर्राष्ट्रिय समाज खेलकुद अर्थ
  • २०७६ मंसिर २३, सोमवार
फूलपातीको दिन सप्तरीको विभिन्न मन्दिरमा भक्तजनहरुको भीड
  • नेपाली स्टुडियाे संवाददाता

  • राजबिराज

  • १८ आश्विन २०७६, शनिबार
  •  

    नेपालीको महान् चाड विजयादशमीको साताै दिन सप्तमी अर्थात् (फूलपाती)का दिन आज बिहानैदेखि सप्तरी जिल्लाको विभिन्न देवीदेवताका मन्दिर एवम् शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।

    पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा बडादसँैको घटस्थापनादेखि आज फूलपातीको दिनसम्ममा नेपाल तथा छिमेकी राष्ट्र भारतबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन पूजाआजाको लागि आएको मन्दिरका पुजारीले जानकारी दिनुभयो ।

    त्यस्तै, पूर्व–पश्चिम राजमार्गमा पर्ने पूर्वाञ्चलकै प्रसिद्ध सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदह स्थित कंकालिनी भगवती मन्दिरमा समेत घटस्थापनादेखि आज फूलपातीसम्ममा लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनले पूजा गर्ने जनाएको छ ।

    साथै, आज फूलपातीको दिनमा झन भीड लागेको छ । यो मन्दिरमा प्रत्येक वर्ष महानवमीका दिन राँगाको बलि दिने चलन रहेको छ । यस्तै, सप्तरीको राजविराजस्थित राजदेवी मन्दिर र भगवती मन्दिरमा समेत भक्तजनको भीड लागेको पूजाआजाको लागि घुइँचो देखिएको छ ।

    त्यस्तै, पातोस्थित माँ डाक्नेश्वरी मन्दिरलगायत जिल्लाका विभिन्न मन्दिरमा पनि दर्शनार्थीको भीड बिहानै देखि लागेको छ । तस्बिर : डाक्नेश्वरी नपा ।

    Nabintech