नेपाल कम्युनिष्ट पार्टी नुन्थरको शुभकामना तथा मेलमिपाल सम्पन्न

रौतहट,असोज २३ गते । नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा उक्त क्षेत्रका तत्कालिन नेकपा एमाले र माओवादी कार्यकर्ताहरु बिच मेलमिलाप कायम गरेको आयोजक समितिले जनाएको छ ।

साथै उक्त शुभकामना कार्यक्रममा विविध छलफल गरि मेलमिलाप समेत गरेको आयोजक समितिले जनाएको छ । सभाका सभा अध्यक्ष हरदेव ठाकुरले शुभकामना दिदै भने “अबको आउँदो चुनावमा भारी बहुमले चित्ने छौं ” ।

 

यसैगरी प्रमुख अतिथि माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनले २०७० सालको चुनावको अहिले सम्म गेडही गुठ्ठी गाउँको ऋण तिर्न तिर्न पाएका छैनौं अबको हाम्रो बहुमतले छिटै ऋण चुकाउने प्रतिबद्धता जनाए ।

त्यस्तै नेकपा एमालेका प्रत्याशी उम्मेदवार वडा अध्यक्ष श्याम नन्दन सहनी तथा एक सय पन्ध्र जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

उद्घोषक दिनेश प्रसाद जयसवालले गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटको आयोजना भएको थियो ।

प्रकाशित मिति :- २३ आश्विन २०७६, बिहीबार ११:०४