रौतहटमा एक युवक माथी गोलि प्रहार गरि हत्या

गौर,असोज २६ गते : रौतहटको इशनाथ नगरपालिका वडा नं ६ स्थित एक युवक माथि गोलि प्रहार भएको छ ।

इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जैयनगर तर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कूल नजिकै एक युवक माथि गोलि प्रहार गरि हत्या भएको हो ।

अज्ञात समूहले नाम नखुलेको अन्दाजी २६बर्ष को पुरुषलाई आईतवार बेलुका ४ बजेको समयमा गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

यसैबीच अज्ञात समूह फरार रहेकोले प्रहरी द्वारा अनुसंधान तथा ब्यापक खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति :- २६ आश्विन २०७६, आईतवार १७:३४