राजविराज नगरपालिकामा आज सार्वजनिक बिदा

राजविराज,असोज २७ गते : राजबिराज नगरपालिका १२ का वडा सदस्यको निधन भएको शोखमा आज बिदा दिएको छ । सप्तरीको राजबिराज नगरपालिका १२ वडा सदस्य शिवनारायण यादवको असमायिक निधन भएको छ ।

यादवको गत शुक्रवार ६५ वर्षको उमेरमा निधन भएकोप्रति नगरपालिका स्तब्ध भएको छ । उनको असमायिक निधनप्रती आइतवार नगरपालिकाले शोक वक्तव्य जारी गर्दै सोमबार आज असोज २७ गते बिदा दिने नियर्ण गरेको नगर प्रमुख शम्भुप्रसाद यादवले बताएको छ । नगरपालिकाले शोकाकुल परिवारमा धौर्यधारणको कामना गरेको छ ।

प्रकाशित मिति :- २७ आश्विन २०७६, सोमबार १०:१३