• १० मंसिर २०७७, बुधबार
कांग्रेस नेतृत्व तत्काल परिवर्तन हुँदैन : नेता भण्डारी
  • स्टुडियाे संवाददाता

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तत्काल पार्टी नेतृत्व परिवर्तन नहुने दावी गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवामाथि राजीनामा दिन दवाव परिरहेका बेला नेता भण्डारीले तत्काल नेतृत्व परिवर्तन सम्भव नरहेको प्रतिक्रिया दिएका हुन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केन्द्रिय समिति बैठकले महासमिति बैठक बोलाउने र त्यसले तय गरेको महाधिवेशनले मात्रै नयाँ नेतृत्व चयन गर्ने बताए ।

नेता भण्डारीले मुलुकलाई विग्रन नदिने गरी काँग्रेसमा सुधार ल्याउने दावी पनि गरे ।

नेता भण्डारीले कम्युनिष्टहरुले मुलुकलाई विगार्न खोजे खवरीदारी गर्न पनि काँग्रेसलाई विधिसम्मत ढंगले सुधार गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए । उनले पार्टीमा सुधार एजेन्डाले ल्याउने स्मरण गराएका थिए ।

  • २ माघ २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech