• १० असार २०७८, बिहीबार
यी ब्रम्हाणको यस्तो हर्कत: ४० करोडको सम्पत्ति देखाएर केटि लोभ्याउन पत्रिकामा नै दिए यस्तो बिज्ञापन
  • स्टुडियाे संवाददाता

पत्रिकामा विवाह सम्बन्धि जानकारी दिने चलन पूरानो हो । तर एक ब्राह्मणले ४० करोड रुपैयाँको सम्पत्तिको फुर्ती लगाएर कन्या चाहियो भन्दै विज्ञापन गरेका छन् ।

त्यसमा पनि कम उमेर भएको कन्या चाहियो भन्दै विज्ञापन गरेका विद्या प्रसाद गौतमले आफुलाई अधबैंशे ब्राह्मण समेत भनेका थिए । तर अधबैंशे भनिएका उनी निकै बुढा व्यक्ति भएको र उनको कुल सम्पत्ति पनि ४० करोड नभएको बुझिएको छ ।

झट्ट हेर्दा ६० काटेका जस्ता देखिने उनले कम उमेरका कन्यालाई प्राथमिकता दिने भनेका छन् । जवकि योसमेत गैरकानुनी काम हो । उनले केहि समयअघि केटि चाहियो भन्दै पत्रिकामा बिज्ञापन समेत गरेका थिए ।

फेसबुकमा उनको नम्बर सर्च गर्दा उनले फेसबुकमा आफ्नो नाम विद्याप्रसाद गौतम नाम राखेका छन् । उनको प्रोफाइलको फोटो हेर्ने हो भनेपनि उनी निकै बुढा देखिन्छन् । बुढो अनुहारलाइ चस्मा लगाएर उनले आफुलाई अधबैंशे देखाउन खोजेका छन् । यद्यपी उनी निकटका केहि आफन्तले उनी निकै बुढा भएको र उनको सम्पत्ति ४० करोड रुपैयाँ पनि नभएको बताएका छन् ।

यसरी खुलेआम राष्ट्रिय दैनिकमा बिज्ञापन गरेर सम्पत्तिको लोभका केटि फकाउने उनको हर्कतमा कोहि बोलेका छैनन् । नियम अनुसार कुनै पनि विवाहमा सम्पत्तिको फुर्ती लगाउने, सम्पत्ति देखाएर प्रभावमा पार्ने काम गर्न पाइँदैन । तर गौतमको यस्तो हर्कत सार्वजनिक हुँदा पनि कोहि पनि बोलेका छैनन् ।

  • ४ माघ २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech