• २० मंसिर २०७७, शनिबार
विद्युत् उत्पादन घट्दै, माग व्यवस्थापनमा समस्या
  • स्टुडियाे संवाददाता

सुख्खायाम सुरु भएपछि नदीमा जलप्रवाहमा कमी आएपछि बिजुली उत्पादन पनि क्रमश कम हुदै गएको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार हाल प्राधिकरणका आयोजनाबाट दैनिक २८० र निजी क्षेत्रबाट २९० मेगावाटको हारहारीमा बिजुली आपूर्ति भइरहेको छ । नदीमा जलप्रवाहमा कमी आएका कारण विद्युत् उत्पादन घटेको हो । आन्तरिक उत्पादन घट्दै जाँदा प्राधिकरणको माग व्यवस्थापन गर्न समेत समस्या पैदा भएको छ ।

यस्तै कुलेखानी कहिलेकाही आवश्यकता अनुसार मात्र सञ्चालन हुने गरेको छ । भारतबाट ३२५ मेगावाटसम्म आपूर्ति भइरहेको छ । १४४ मेगावाटको कालिगण्डकी ९८, ७० मेगावाटको मध्यमस्र्याङदी ४८, ६९ मेगावाटको मस्र्याङदी ५२ र ६० मेगावाटको खिम्ती ५४ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । आन्तरिक व्यवस्थापनका लागि प्राधिकरणले प्रयास गरिरहेको जनाएको छ । प्रवक्ता प्रबल अधिकारीले नदीमा जलप्रवाहमा कमी आएको छ । जलप्रवाहमा कमी आएका कारण उत्पादन क्षमता समेत दैनिक घट्दै गएको छ ।

निजी क्षेत्रका आयोजनामा समेत उत्पादन कमी भएका छन् । निजी क्षेत्रका आयोजनाको क्षमता ५० मेगावाट माथिका छैनन् । माथिल्लो मस्र्याङदीको मात्रै क्षमता ५० मेगावाट रहेको छ । अन्य आयोजनाको क्षमता पाँच, सात, दश र १५ मेगावाटदेखि २५ मेगावाटसम्मका छन् । साना र मझौला आयोजनाका समेत उत्पादन कम भएका छन् ।

आन्तरिक उत्पादन दैनिक घट्दै जाँदा भारतबाट थप विद्युत् आयात गर्नुपर्ने वाध्यतामा प्राधिकरण पुगेको छ । प्राधिकरणका ठूला आयोजना मानिएका मध्य मस्र्याङदी, मस्र्याङदी जस्ता आयोजनाको समेत उत्पादलन क्षमता घटेको छ । मंसिर तेस्रो साता हुन लाग्दा नदीमा जलप्रवाहको मात्रा बर्षाकालको तुलनामा ५० प्रतिशतले कमी आएको छ । प्राधिकरणले उत्पादन घटेपछि माग व्यवस्थापनका लागि नयाँ उपायको खोजीमा जुटेको जनाएको छ ।

  • १६ मंसिर २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech