• १२ मंसिर २०७७, शुक्रबार
बार्सिलोनाका नयाँ स्टार काउटिन्हाे कहिले खेल्दै छन पहिलाे खेल ? हेर्नुहाेस्
  • स्टुडियाे संवाददाता

बार्सिलोनाले केही दिनअघि मात्रै भित्र्याएको फिलिप कोउटिन्होले कहिलेबाट खेल खेल्छ ? भन्ने चासो धेरै बार्सा समर्थकमाझ छ । तर, उनको खेल हेर्नको लागि समर्थकले अझै केही समय कुर्नुपर्ने भएको छ ।

लिभरपुलमै रहँदा उनी घाइते भएका थिए । उनको चोट जटिल नभए पनि डाक्टरले मैदानमा जान हतार गर्न नहुने बताइरहेका छन् । सोही कारणले उनी करिब ३ हप्ता मैदानमा अन्य खेलाडीजस्तै उत्रने छैनन् । बार्सिलोनाले पनि कोउटिन्होको दायाँ तिघ्रामा चोट रहेको कारण अझै ३ हप्ता मैदान बाहिर हुने कुरा जनाएको छ ।

कोउटिन्हो आएपछि बार्सिलोनाले लेभान्टेसँग खेल खेलिसकेको छ भने शुक्रबार बिहान सेल्टासँग कोपा डेल रेको दोस्रो लेग पनि खेल्नेछ । यसको साथै उनले जनावरी २१ मा रियल बेटिसको मैदानमा हुने ला लिगा, जनावरी २८ मा आलाभेससँग घरेलु मैदानमा हुने ला लिगा गुमाउन सक्नेछन् ।

त्यसपछि उनी फेब्रअरी ४ मा हुने क्याटालान डर्बीमा उत्रने सम्भावना रहेको छ । कोउटिन्हो लिभरपुल जानुअघि इस्प्यानियोलबाट व्यवसायिक फुटबल खेल्थे ।

कोउटिन्होलाई बार्सिलोनाले १६० मिलियन यूरो तिरेर लिभरपुलबाट ल्याएको छ । सबैभन्दा महँगो खेलाडीको सूचीको दोस्रो स्थानमा रहेको उनको खेल बार्साबाट कस्तो हुने हो भनेर सबैजना आतुर रहेका छन् ।

(बार्सा नेपालमा प्रकाशित)

  • ५ माघ २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech