नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि नेताहरुले नेतृत्वको चर्को आलोचना गरेका छन् ।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले हार व्येहोर्नुपरेको भन्दै नेताहरुले नेतृत्वको चर्को आलोचना गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस केन्द्रीय नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले चुनावको मुख्य एजेन्डा र रणनीतिमा समयमै ध्यान नदिँदा ठूलो पराजय व्यहोर्नु परेको बताउनुभयो ।
उहाँले वर्षौं पुरानो संगठनलाई अहिलेको नेतृत्वले राम्रोसँग बुझ्न र चलायमान बनाउन नसकेको पनि आरोप लगाउनुभयो । उहाँलगायत आज बोल्ने धेरै केन्द्रीय सदस्यहरुले चुनावका विषयमा गम्भीर समीक्षा गर्न नेतृत्वसँग माग गरेका छन् । बैठकमा पार्टी सभापति देउवाले महासमितिको बैठक बोलाउने प्रस्ताव गर्नुभएको छ ।
देउवा पक्षका केन्द्रीय सदस्यले भने उहाँको बचाउ गरेका छन् । बिहीबार सुरु भएको बैठकमा राष्ट्रियसभा चुनावमा राजपा, संघीय समाजवादी फोरमलगायत दलसँग सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ ।