• १२ मंसिर २०७७, शुक्रबार
युट्यूबबाट पैसा कमाउन खोज्दै हुनुहुन्छ ? हेर्नुहाेस युट्यूबकाे नयाँ नियम
  • स्टुडियाे संवाददाता

पैसा कमाउने उद्देश्यले युट्यूब च्यानल खोल्दै हुनुहुन्छ ? पर्खनुहोस् ! यूट्यूबले नयाँ नियम लागू गरेको छ ।

अब स–साना फूटेज भिडियो र सामान्य तरिकाबाट युट्यूबमा पैसा कमाउन त्यति सजिलो छैन् । रमाइला भिडियो र अर्काका भिडियो चोरेर तोडमरोड गर्दै आफ्नो बनाएर पैसा कमाउनेका लागि युट्यूब त्यति सहज छैन अब । यसले गर्दा युट्यूबर बनेर पैसा कमाउने सोच बनाएका व्यक्तिलाई निराश बनाएको हुन सक्छ ।

त्यसो त अर्काका कन्टेन्ट पढेर भिडियो बनाएर पैसा कमाउनेका लागि युट्यूबले यसो गर्नु ठिकै पनि हो । अब दर्शकलाई झुक्काएर भिडियो पोस्ट गर्नेलाई सले पक्कै निरुत्साहित बनाउँछ ।

युट्यूबको नयाँ नियमले गर्दा अब गुणस्तरीय र जानकारीमूलक भिडियो दर्शकले हेर्न पाउनेछन् । नयाँ नियमले भ्रम फैलाउनेलाई पनि कडाई गरेको छ । केही साताअघि मात्रै जापानको एउटा जंगललाई आत्महत्या गर्ने थलोको रुपमा चिनाउँदै भ्रम फैलाइएको एउटा भिडियो युट्यूबले हटाएको छ ।

पहिले युट्यूबबाट १० हजार भिवर भएपछि युट्यूबबाट पैसा पाइन्थ्यो । अब युट्यूबबाट पैसा कमाउन एक वर्षमा च्यानलको एक हजार नयाँ सब्स्क्राइबर हुनुपर्ने र ४ हजार घण्टासम्म भिडियो हेरेको हुनुपर्ने छ । १ वर्षमा ४ हजार घण्टा नहेरिएका र १००० नयाँ सब्सक्राइब्र्स नभएका युट्यूब च्नयानल पैसा कमाउनका लागि अयोग्य हुने भएका छन् ।

पैसा कमाउने उद्देश्यले युट्यूबमा जथाभावी भिडियो राखिएको भन्दै युट्यूबले नियमलाई कडाइ गर्दै बुधबारदेखि लागु गर्ने गरी नयाँ नियम बनाएको हो ।

  • ५ माघ २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech