• १४ मंसिर २०७७, आईतवार
नापोलीको अपराजित यात्रामा युभेन्टस बाधक, हेगुइनको गोल बन्यो कारण
  • स्टुडियाे संवाददाता

साबिक विजेता युभेन्टसले यो सिजन राम्रो प्रदर्शन गरिरहेको नापोलीको लिगमा अपराजित यात्रामा पूर्ण बिराम लगाएको छ ।

इटालियन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको युभेन्टसले शीर्ष स्थानको नापोलीलाई १–० ले हराएको हो । लिगमा यो सिजनका १४ खेलमा अपराजित रहेको नापोली १५ औं खेलमा युभेन्टससँग घरेलु मैदानमा पराजित भयो ।

अवे मैदानमा युभेन्टसलाई महत्वपूर्ण जित दिलाउन गोन्जालो हेगुइनले गोल गरे । १२ औं मिनेटमा हेगुइनले आफ्नो पूर्व क्लब नापोली विरुद्ध गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । जितपछि दोस्रो स्थानको युभेन्टसले नापोलीसँगको अंक दूरी एकमा झारेको छ ।

युभेन्टसको १५ खेलबाट ३७ अंक भएको छ भने शीर्ष स्थानमा रहेको नापोलीको ३८ अंक छ । राति नै भएको अर्को खेलमा रोनाले एसपिएएएललाई ३–१ ले हरायो ।

  • १६ मंसिर २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech