• १२ मंसिर २०७७, शुक्रबार
कांग्रेसले टुंग्यायो प्रदेश ४,६ र ७ मा राष्ट्रिय सभा उम्मेदवार
  • स्टुडियाे संवाददाता

कांग्रेसले टुंग्यायो प्रदेश ४,६ र ७ मा राष्ट्रिय सभा उम्मेदवार

नेपाली कांग्रेसले प्रदेश नम्बर ४,६ र ७ मा राष्ट्रिय सभाका ४/४ उम्मेदवारको टुंगो लगाएको छ।

राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ। बैठकमा सहभागी नेता बालकृष्ण खाँण अनुसार प्रदेश ६ बाट कालिकोटका विष्णुबहादुर शाही (खुला), जुम्लाका सूर्यदेवी मल्ल (महिला), सल्यानका सिताराम विके (दलित) र गोपालप्रसाद शर्मा (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्।

यसअघि कांग्रेसले प्रदेश ७ र ४ का उम्मेदवार टुंग्याएको थियो।

प्रदेश चारबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्। त्यस्तै प्रदेश ७बाट बद्री पाण्डे, तारा भट्ट (महिला), शेरी राम पार्की (दलित), र छत्रराज जोशी (अपाङ्ग) लाई राष्ट्रियसभाका उम्मेदवार बनाउने पक्का भएको पनि नेता खाणले जानकारी दिए।

राष्ट्रिय सभा चुनाव माघ २४ गते हुँदैछ। भोलि (माघ१०) उम्मेदवारी दर्ता गर्नु पर्नेछ।

  • ९ माघ २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech