• १७ मंसिर २०७७, बुधबार
नेपाल हिन्दुरास्ट्र नभए दलालहरुले यो देश बिक्रि गर्छन
  • स्टुडियाे संवाददाता

जुनागढ अखाडाकी महामण्डलेश्वर हेमानन्द गिरीले विश्वकै एक मात्र ‘हिन्दु राष्ट्र’ नेपालको सर्वोच्च हैसियत खोसिएकोमा आक्रोश व्यक्त गर्दै त्यसलाई पुनस्र्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

भारतमा शंकराचार्य पदका लागि पहिलो महिला दावेदारका रुपमा अगाडी आएकी गिरीले पशुपतीनाथ क्षेत्रमा उनको अभिनन्दन र सफलताका लागि आयोजित प्रार्थना सभालाई संवोधन गर्दै उनले भनिन,’ नेपाल हिन्दु राष्ट्रकारुपमा विश्वकै ताज रहीआएको थियो तर त्यो गुमायौं हामीले । के थाह धर्म जसरि भोलि यो देश नै सकिन्छ कि ?  त्यसलाई फर्काउनु हामी सबैको दायीत्व हो । म त्यसका लागि सँधै तयार छु । नेपाल फेरी हिन्दुराष्ट्र हुनै पर्छ ।’

विश्वको श्रीपेच सागरमाथामा हामीसँगै छ। विश्वमा नभएका जडीबुटी हामीसँगै छन। विश्वमै नभएका भावनाबाट ओतप्रोत हामी नेपालीले एउटा मणी (हिन्दुराष्ट्र) हामीले गुमायौं,’ उनले भनिन,’यो दुःखको कुरा हो। विश्वमा हिन्दुहरुको धरोहरको रुपमा रहेको एउटै हिन्दु राष्ट्र हामीले गुमायौं । यो सबैका लागि आत्मग्लानीको विषय हुनु पर्छ।’ उनले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउने विषयलाई कोही कसैले पनि राजनीतिक या सामाजिक मुद्धाकारुपमा लिन नहुने बताइन।

नेपालमा जन्मिएकी तथा योगी नरहरीनाथबाट प्रेरित हेमानन्द गिरीले जुनागड अखाडाबाट महामण्डलेश्वरको उपाधि हासिल गरेपछि अहिले उनी केदारमठको शंकराचार्य पदको दावेदार बनेकी छन्। उक्त पदका लागि दुई सय आवेदनबाट चार जनाको छोटो सूची तयार भएको छ। र, उनका आफ्नै गुरु वासुदेवानन्द सरस्वती लगायत अन्य दुई जना उनीसँग प्रतिस्पर्धामा छन्।

नेपालमा साधुसन्त र ज्ञानीहरुको अनादर र अवमुल्यन हुँदै गएता पनि यहाँको प्राचीन गौरव र आध्यात्मिक हैसियतका लागि बाहिरिएका साधुसन्तहरु सबै स्वदेश फर्कनु आवश्यक भएको उनले बताइन।

‘आखिर पञ्चतत्वको यो शरीर नेपाली माटोकै हो,’ उनले भनिन।’ उनीहरुले बाहिर बढी सम्मान र सुविधा पाइन्छ भन्ने लोभमा नेपाललाई बेवास्ता गर्नु उचित नभएको हेमानन्दले बताइन।

  • ११ माघ २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech