• १० असार २०७८, बिहीबार
प्रेस सेन्टरले बाँके शाखाले मनायो आफ्नो स्थापना दिवस
  • स्टुडियाे संवाददाता

क्रान्तिकारी तथा प्रगतिशील पत्रकारहरुको आस्थाको संगठन प्रेस सेन्टर नेपालको १४ औं स्थापना दिवस सेन्टरको बाँके शाखाले पनि बनाएको छ ।

सेन्टरको बाँके शाखाले सोमबार नेपालगञ्जमा रहेको आफ्नो कार्यालयमा सेन्टरका सम्पूर्ण पत्रकारहरका माझ केक काटेर सेन्टरको स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा सेन्टरका केन्द्रीय सदस्य सुशिल शर्मा, अनुशासन आयोगका केन्द्रीय सदस्य भीम रावत, प्रदेश नं. ५ का स–सचिव प्रदिप वाग्ले , बाँके शाखाका उपाध्यक्ष आलम खान लगायतले प्रेस सेन्टर स्थापना हुँदा यसले लिएको यसको मूल्य ,मान्यता र मर्मलाई सेन्टरमा आवद्ध सबै पत्रकारहरुले आत्मसाथ गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम प्रेस सेन्टर बाँके शाखाका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षता र शाखा सचिव संगीन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • १५ माघ २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech