राजेश हमालले कृषिसम्बन्धी टेलिभिजन शो ‘र’ होस्ट गर्ने
राजेश हमालले कृषिसम्बन्धी टेलिभिजन शो ‘र’ होस्ट गर्ने

स्टुडियाे डेस्क

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित
  • कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’को घोषणा भएको छ । आयोजित पत्रकार सम्मेलनमा टेलिभिजन कार्यक्रमको घोषणा गरियो ।

    कृषि, उद्यमशिलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइएको कार्यक्रमलाई अभिनेता राजेश हमालले होस्ट गर्ने भएका छन् । इ-स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यक्रमको परिकल्पना गरिएको जनाएको छ ।

    शोमा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शोलाई शैलेश कँडेलले निर्देशन गर्नेछन् भने मास्टर होस्टको रुपमा अभिनेता हमाल छन् । जज्को भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे छन् ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको