शाहरुखको ‘जवान’ को ट्रेलर रिलिज

  • १६ भाद्र २०८०, शनिबार प्रकाशित

  • स्टुडियाे डेस्क

  • शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलर रिलिज भएको छ । यो ट्रेलरबाट शाहरुख खान एक पिता र छोराको भूमिकामा देखिने पक्का भएको छ । उनी ट्रिपल भूमिकामा देखिने हो कि भन्ने सम्भावना छ ।

    ट्रेलरमा शाहरुख आर्मी सिपाही, आईपीएस अफिसर र अपहरणकर्ताको भूमिकामा देखिएका छन् ।

    ट्रेलर बुबाको कथाबाट सुरु हुन्छ । फिल्मको ब्याकग्राउन्ड स्टोरीबाट ट्रेलर सुरु हुन्छ । शाहरुख खान भ्वाइस ओभरमा भन्छन् ‘एउटा राजा थियो… एकपछि अर्को लडाइँ हार्दै गयो… ऊ भोक–तिर्खाले जङ्गलमा भटकिरहेको थियो… धेरै रिसाएको थियो ।’

    शाहरुखबाहेक यसमा विजय सेतुपति, नयनतार, दीपिका पादुकोण र सान्या मल्होत्रासमेत थुप्रै कलाकार देखिएका छन् । फिल्म ७ सेप्टेम्बरमा सिनेमा घरमा रिलिज हुनेछ ।

    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको

    Play