रामायण फिल्मबाट आलिया बाहिरिइन् : माता सीताको भूमिकामा नदेखिने, रामको भूमिकामा रणबीर
रामायण फिल्मबाट आलिया बाहिरिइन् : माता सीताको भूमिकामा नदेखिने, रामको भूमिकामा रणबीर

स्टुडियाे डेस्क

  • १५ भाद्र २०८०, शुक्रबार प्रकाशित
  • प्रभास र कृति सेनन स्टारर आदिपुरुषको असफलतापछि अब बलिउडका चर्चित निर्देशक नितेश तिवारीले रामायणको बनाउने निर्णय गरेका छन् । धेरै अघिदेखि फिल्ममा रामको भूमिकामा रणबीर कपुर र सीताको भूमिकामा आलिया भट्ट रहने खबर आएको थियो । यद्यपि, भारतीय सञ्चार माध्यममा प्रकाशित नयाँ खबरका अनुसार आलियाले अब फिल्ममा सीताको भूमिकामा खेल्ने छैनन् । उनी फिल्मबाट बाहिरिएकी छिन् ।

    सीताको भूमिकामा देखिने छैनन् आलिया
    पिंकभिलाको रिपोर्ट अनुसार आलिया फिल्मबाट बाहिरिएकी छिन् जबकी रणबीर कपुर फिल्ममा रामको भूमिकामा रहने छन् । फिल्मलाई दर्शकमाझ पेस गर्नका लागि राम्रो कास्टिङ आवश्यकता पर्ने भएकोले निर्माताले सीताको भूमिकामा आलिया भट्टलाई फिट नदेखेको बताइएको छ । त्यसैले उनलाई सीताको भूमिका प्रदान नगरिएको बताइएको छ ।

    व्यस्त तालिकाका कारण फिल्मबाट बाहिरिइन् आलिया
    यस्तै केही रिपोर्टका अनुसार निर्माता छिटोभन्दा छिटो काम सुरु गर्न चाहेको तर मितिमा समस्या भएका कारण आलिया भट्ट यो प्रोजेक्टबाट बाहिरिएको बताइएको छ । यद्यपि, फिल्ममा कसलाई लिने, कसलाई नलिने भन्ने विषयमा निर्माण पक्षले कुनै आधिकारिक जानकारी भने दिएको छैन ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको