बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका
बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका

स्टुडियाे डेस्क

  • २३ भाद्र २०८०, शनिबार प्रकाशित
  • नेपाली कांग्रेसले यही भदौ २४, २५ र २६ गते हुने बीपी साहित्य महोत्सवको कार्यक्रम तालिका टुंगो लगाएको छ ।

    सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले तीन दिने हुने महोत्सवको कार्यक्रम तालिका तयार पारेको हो । उक्त तालिका अनुसार पहिलो दिन उद्घाटन सहित ८ वटा सेसन रहेका छन् । जसमा बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ रहेको छ ।

    दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साझ रहेका छन्। यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ।

    महोत्सव आयोजक समितिमा समितिमा कवि तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, डा. शैलेन्द्रप्रकाश नेपाल, राजेन्द्र पराजुली सदस्य छन्   । त्यस्तै पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सतार, नैनसिंह, राजीव ढुंगाना, दिलमान पाख्रिन, प्रकाश रसाइली, रंगमती शाही, हरिशरण नेपाली, प्रा. डा. गोविन्दराज पोखरेल, नानु बास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, सवुज बानियाँ, जितेन्द्र श्रेष्ठ, सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बु, परशुराम पोखरेल र प्रताप पौडेल पनि सदस्य छन् ।

    सम्बन्धित
    Home TV Menu Trend Recent

    ताजा समाचार

    धेरै पढिएको