• १४ मंसिर २०७७, आईतवार
निर्वाचनको दिन मा पनि देश भर बम बिस्फोट, कहाँ-कहाँ के के भयो ?
  • स्टुडियाे संवाददाता

जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो परिणाममा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथवाट बिस्फोटक पदार्थ बरामद गरिएको छ । उनी नेकपा एमालेको तर्फबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य हुन् ।
श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए । श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै थप बिषयमा अनुसन्धान समेत शुरु भइरहेको प्रहरीले जनाएको छ ।

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech