• २७ बैशाख २०७८, सोमबार
सिके राउत जनकपुरबाट पक्राउ
  • स्टुडियाे संवाददाता

प्रहरीले सिके राउतलाई बिहीबार पक्राउ गरेको छ।

धनुषाको महादेवा गाउँपालिका –२ को आधारभूत मतदान केन्द्रमा कोही पनि मत हाल्न नआएपछि त्यसमा राउतको भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरको हो। उनलाई जनकपुरकाे डेराबाट पक्राउ गरिएको हो।

राउतले चुनाव बहिष्कार अभियान चलाएका थिए। केहीदिन अघि सिरहामा प्रहरीमाथि भएको गोली प्रहारको जिम्मा राउतले लिएका थिए। प्रहरीले अहिलेसम्म राउतका १३ जना कार्यकर्ता पक्राउ गरेको छ।

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech