• २० मंसिर २०७७, शनिबार
के हाे झापा काण्ड ?
  • स्टुडियाे संवाददाता

वि.सं. २०२८ को उत्तरार्धमा, छिमेकी देश भारतको पश्चिम बंगालको राज्यको नक्सलवाडीमा कानू सल्यान र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए। त्यसबाट प्रभाबित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामा पनि ‘वर्गसत्रु खतम अभियान’ चलाईयो। यो काण्डमा कम्युनिष्टहरूले सामन्त आरोप लगाएर केही सर्वसाधारण नागरिक हत्या गरे। पछि सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा लगायत केही नेताहरू मारेको थियो। यस काण्डलाई नेपालको इतिहासमा ‘झापा काण्ड’ नाम दिइएको छ। २०२८ साल झापा शनिश्चरे वडा नम्बर ६, सालबाढीको घटनाबाट प्रारम्भ हुन्छ टाउको कटुवा अभियान । शनिश्चरे वडा नम्बर ६ का पञ्चायतका वडा अध्यक्ष बुटन चौधरी थिए । सबैले मनपराउने उनी भद्र, इमान्दार सोझा व्यक्ति थिए । त्यही वडामा जनताको पञ्चभकारी थियो । आवश्यक पर्दा जनताले पञ्चभकारीबाट आफूहरुले राखेको धान लिन पाउँथे । मेरी आमा, दाज्यूभाई, हामीहरुको त्यही वडामा बसोबास थियो । त्यही वडामा ठूलेमाका छोरा शिवप्रसाद शिवाकोटीको घर केही पर छ । झापा काण्ड शिवप्रसाद शिवाकोटीबाट प्रारम्भ हुन्छ । त्यस बेलाको घटनाको विवरण यस्तो छ । पञ्चभकारीको धान बुटन चौधरीले त्यही वडाका बिचारी पूण्यप्रसाद कोइरालालाई दिएको रहेछ । कोइरालासँग बुटनको मित साइनो रहेछ । मितले ‘चाहिएको बेलामा म धान दिइहाल्छु’ भनेको रहेछ । बुटनले धान दिए । पछि जेष्ठ महिनामा धानको बिउ राख्ने समय भएपछि शिवप्रसाद शिवाकोटी, डम्बरबहादुर बानियाँ लगायत मोहीहरु पञ्चभकारीबाट धान लिन वडा अध्यक्षलाई भेट्न गएछन् । सबैले धान मागे । वडा अध्यक्ष बुटनले भनेछन्, ‘धान छैन । धान पूण्यप्रसाद कोइरालाले लगेको छ । म उनीबाट धान लिएपछि दिन्छु तर अहिले दिन सक्तिन ।’ वडा अध्यक्षको कुरा सुनेपछि सबै वडा अध्यक्षसँग आक्रोसित भएछन् । शिवप्रसाद शिवाकोटी त्यस वडाको चल्ताफिर्ता व्यक्ति मानिन्थे । उनले भनेछन्, ‘पर्सी धान लिन आइन्छ । यो हामी वडावासीको अधिकार हो । ढिकुटी फुटाएर भए पनि धान बाँडेर लिइन्छ’ भन्दै भेला भएका सबै बिदा भए । यो कुरा सुनेपछि बुटन चौधरीले बिचारी कोइरालासँग ‘पर्सी ढिकुटी फोरेर धान लान्छन् अरे भन्दै’ धान माग्न गएछन् । कोइरालाले भनेछन्, ‘मैले कहाँबाट धान दिनु यो बर्षामास । जानुहोस् प्रधानपञ्चलाई भन्नुहोस् पर्सी ढिकुटी फोर्छन रे प्रहरी पठाइदिनु होस् ।’ बिचारी कोइराला त्यसबेलाको नाम चलेको जाली फटाहा मानिन्थे । कोइरालाको ठाडो जवाफ पाएर बुटन प्रधानपञ्च रणबहादुर बुढाथोकीलाई सबै विवरण सुनाएपछि त्योदिन सालबाढीमा प्रहरीहरु पनि पुगेछन् । त्यो दिन शिवप्रसाद लगायत मोहीहरु उपस्थित भएर साच्चै ढिकुटी फोर्न र प्रहरीले हिवप्रसादलाई हातपात गर्न थालेपछि शिवप्रसादले पनि प्रहरीलाई घोक्य्राएछन् । प्रहरी पैनीमा फसेर हिलाम्मे भएर भागेछन् । प्रहरीको कुरा चन्द्रगढी सदरमुकाममा पुग्यो । विवरण सुनेपछि चन्द्रगढीबाट विशेष अधिकृत श्यामकुमार श्रेष्ठ, यसपी पदमबहादुर मानन्धरको नेतृत्वमा थुपै्र प्रहरीहरु गोली–गठ्ठासाथ सालबाढी पुगेर उर्दी फुकेछन्, ‘को हो प्रहरी माथि हातपात गर्ने ? त्यो शिवप्रसाद शिवाकोटीको टाउको जसले काटेर ल्याउँछ त्यसलाई १० हजार पुरस्कार दिने’ भन्ने घोषणा गरेपछि शिवप्रसाद फरार भए ।

सबै किसान, मोहीहरु मागारेभाग हुने नैं भए । त्यसपछि शिवप्रसाद चारपानेमा रामनागथ दाहालसँग सल्लाह गर्न पुगेछन् ‘के गर्नु भाइ यो अत्याचार कसरी सहनु ? हाम्रो वडामा बिचारी कोइरालाको जालीपटाईले पराकाष्ठा नाघेको छ । उसैबाट यो काण्ड भयो । अब त्यसैलाई नसिध्याई यहाँ केही सुन्वाई हुनेवाला छैन ।’ दाज्यूको कुरा सुनेर रामनाथले भनेछन्, ‘दाज्यू म पहाडमा मेरो काम छ । म पहाड जान्छु, यसमा म केही सल्लाह दिन सक्तिन ।’ त्यो बेला केपी ओली चाही रामनाथ दाहालकोमा काम गर्दै स्कूलमा पढ्दै गरेका थिए । रामनाथ दाहाल र शिवप्रसाद शवाकोटी दुबै मेरा ठुलीआमाका छोराहरु हुन् । दाज्यूहरु दुबैले मलाई अत्यन्त माया र सम्मान गर्थे । रामनाथ दाइका कुरा भएपछि शिवप्रसाद गरामुनीमा नेत्र धिमिरे, केपी ओली, वीरेन्द्र चौधरी, नारायण उप्रेतीहरुसँग सल्लाह भएपछि बिचारी कोइरालालाई मार्ने टुङ्गो भएछ । बिचारी कोइराला चन्द्रगढी घरबाट नआएकाले त्यही रिसमा आक्रोशित भएर साझमा बुटन चौधरी खाना खाइरहेको बेलामा विभत्स तरिकाले काटिए । यही काण्डबाट प्रारम्भ हुन्छ, झापाका टाउको कटुवा आन्दोलन । पछि शिवप्रसाद गरामुनी झापा काण्डबाट भागेर उहाँ भारतको आसाम भागे । त्यसपछि गारामुनीका बिष्णुप्रसाद बिमली, ईश्वरी चुडाललाई बेकसुरमा घर जादै गर्दा देहुनीया खोलामा ढुकेर खुकुरीले काटेर मारिए । यी दुबै राम्रा र कसैलाई नबिजाउने भलादमी कहलिन्थे । त्यसपछि काकरभिट्टातिर कर्णहादुर गौतम, धनबहादुर बस्नेत जस्ता समाजसेवीहरुको टाउको काट्न थालियो । कसैले पोल लायो कि टाउको काटिहाल्न थालियो । झापामा हाहाकार भयो । शनिश्चरेमा भुइकटहरको कारखाना खोलेर खेतीपाती गरेर बसेका पूर्वसाँसद धर्मप्रसाद ढकालका केही नोकरहरुको कुरा सुनेर साँझमा भात खाइरहेको बेलामा ढुकेर विभत्स तरिकाले मारे । दुःखको कुरा उनका कान्छा छोरा ज्ञानु पनि त्यसैदिन घरमा आएका रहेछन्, उनी पनि काटिए । यस काण्डबाट ठूलो खैलाभैला मच्चियो । अञ्चल, जिल्ला प्रशासन र प्रहरीहरु चौतर्फी सक्रिय भएर हत्याराहरुको खोजी भई पछि कारवाहीमा परेका हुन् । झापा काण्डमा रामनाथ दाहाल तेह्रथुम इवामा थिए । उनको हत्याकाण्डमा कुनै हात थिएन। तर केही वामपन्थी सोच भएकाले उनी पनि हुलमालमा सुखानीमा हताहत भए । भारतको सिलगुढीको नक्सालमा शोषकहरु निर्मूल गर्ने भन्दै धेरै मान्छे काटिन थालिएको थियो । झापा काण्ड पनि बढ्दै गएपछि त्यसैको सिको नक्सालाइट आन्दोलन भन्न थालिएको हो ।

स्राेत :-विकिपीडिया

  • २१ मंसिर २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech