• १२ मंसिर २०७७, शुक्रबार
बिहान १०:३० सम्मको ताजा अपडेट, यस्तो छ एमाले, माओवादी र कांग्रेसको अबस्था
  • स्टुडियाे संवाददाता

पहिलो चरणमा निर्वाचन भएका ३७ प्रतिनिधि सभासदस्यमध्ये ३४ स्थानमा बाम गठबन्धन, एकमा नयाँ शक्ति र एकमा राप्रपा प्रजातान्त्रिकले अग्रता लिएका छन् ।

कांग्रेसले रसुवा जिल्लामा अग्रता लिइरहेको छ । यो जिल्लामा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेससका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन् । उनलाई वाम गठबन्धन एमाले उम्मेदवारले जनार्दन ढकाल ३३२१ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै प्रदेशतर्फ क मा लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार प्रभात लामा ४१६५ तथा वाम गठबन्धनकका एमाले उम्मेदवार कर्णेल लामा ३४५७ मतान्तरमा छन् । त्यस्तै सिन्धुपाल्चोकमा पशुपति समशेर राणा र गोरखामा डा बाबुराम भटराई अघि छन् । राणा र भट्टराई दुवैलाई कांग्रेसको समर्थन छ ।

पछिल्लो परिणामअनुसार मनाङ, मुस्ताङ र पूर्वी रुकुममा वाम गठबन्धनका ५ उम्मेदवार विजयी भएका छन् । मनाङ, मुस्ताङमा एमाले उम्मेदवार विजयी भएका छन् भने पूर्वी रुकुममा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

  • २२ मंसिर २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech