• १४ मंसिर २०७७, आईतवार
दुबै पटक कांग्रेससँग हारेपछि निर्मल कुईँकेल प्रदेशसभातिर झरे
  • स्टुडियाे संवाददाता

एमाले नेता निर्मल कुईँकेल दुबै संविधानसभा चुनावमा काठमाडौं ४ मा उम्मेदवार थिए । उनि दुबै पटक कांग्रेससँग हारे ।

पहिलो संविधानसभामा सुप्रभा घिमिरेसँग पराजित भएका निर्मल दोस्रो संविधानसभामा गगन थापासँग हारे । दुई पटकको हारपछि कुईँकेल काठमाडौं ४ राजन भट्टराईलाई छाडेर यो पटक प्रदेशसभातिर झरे ।

काठमाडौं ४ को ‘क’ मा उम्मेदवार बनेका उनी फेरि कांग्रेससँगै पराजित भएका छन् । यो क्षेत्रबाट प्रदेशसभामा कांग्रेसका नरोत्तम बैद्य विजयी भएका छन् । उनले ७८१९ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी कुईँकेलले ७७९४ मत पाएका छन् भने विकेकशील साझ पार्टीका दिपेन्द्र श्रेष्ठ बैद्यले ३५१७ मत पाएका छन् ।

  • २३ मंसिर २०७४, शनिबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech