• ११ मंसिर २०७७, बिहीबार
को हुन संजयकुमार गौतम ? जस्ले बाम गठबन्धन नाइके बामदेवलाई भारी मत ले हराउदै छन
  • स्टुडियाे संवाददाता

नेपाली कांग्रेस बर्दियाका जिल्ला सभापति संजयकुमार गौतमको जन्म बि.सं २०२० साल वैशाख १३ गते नेपालगञ्जको घरबारी टोलमा भएको हो ।

किशोरकुमार गौतम र रक्षा गौतमका छोरा सञ्जय गौतम अहिले बर्दियाको सदरमुकाम गुलरियामा बस्नुहुन्छ । लक्ष्मीप्रसाद मावि गुलरियाबाट एसएलसी पास गरेका गौतमले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ ।

गौतमले २०३६–०३७ सालको आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गर्नुभएको हो । पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको जिल्ला सभापति हुनुभयो । सह–सचिव र सचिव गरेर सात वर्ष काम गरेका गौतम दुई कार्यकालदेखि बर्दिया कांग्रेसको सभापति हुनुहुन्छ ।

पार्टी विभाजनका बेला संस्थापन पक्षमा रहेर सभापति भएका गौतम एकतापछि सर्वसम्मतिले सभापति हुनुभयो । ०३६–०३७ सालको आन्दोलनका बेला तीन महिनासम्म भद्रगोल जेलमा बिताएका गौतम ०६२–०६३ को आन्दोलनका क्रममा पनि तीन महिना जेल पर्नुभएको थियो ।

०४९ सालमा वडाध्यक्ष भएर जिल्ला विकास समितिको उपसभापति लडेका गौतम पाँच भोटले पराजित हुनुभएको थियो । गौतम यसअघि पनि ०६४ सालमा उम्मेदवार बनेर पराजित हुनुभएको थियो । तर २०७० सालको चुनावमा भने भने उहाँ ११ हजार ६ सय मत सहित विजयी हुनुभयो । उहाँ २०७४ सालको साउनदेखि सिँचाइ मन्त्री पनि हुनुहुन्छ ।

  • २४ मंसिर २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech