• २० मंसिर २०७७, शनिबार
४२ मत बढी भेटिएपछि प्रदिप पौडेलले गरे पुन मतदानको माग (निवेदन सहित)
  • स्टुडियाे संवाददाता

नेपाली काँग्रेसका यूवा नेता प्रदिप पौडेल अन्तिम भनिएको चुनावी नतिजामा ५ मतले पछि परेका छन्।

तर खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि नेपाली काँग्रेसले आफ्ना उमेद्वार पछि परेको कुरा मान्न तयार देखिएको छैन। स्थानिय काँग्रेसले मतगणनामा अनियमितता भएको आशंका गरेको छ। तनहुँको क्षेत्र नं. २ क मा कुल खसेको मत भन्दा ४२ मत बढी पाइएपछि काँग्रेस उमेद्वार प्रदिप पौडेलले मतगणना रद्ध गरि पुन मतदानको माग गरेका छन्।

पोडेलले तनहुँको क्षेत्रीय निर्वाचन कार्यालय २ मा पुन मतदानको माग गर्दै निवेदन दिएका छन्।

५ मतले पछि परेको भन्दै माओवादी केन्द्रकी उमेद्वार आशा कोइरालालाई निर्वाचित भएको घोषणा गराउने तयारी भइरहँदा यो बढी मतको पोल खुलेको हो। सो क्षेत्रको हंसबाहिनी बुथमा खसेको भन्दा ४२ मत बढी भेटिएको थियो।

  • २४ मंसिर २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech