• १४ मंसिर २०७७, आईतवार
फरार रहेका रेशम लाल चाैधरी अत्याधिक मतका साथ अगाडि
  • स्टुडियाे संवाददाता

टिकापुर काण्डका मुख्य याेजनाकार भनिएका  रेशम लाल चाैधरी अहिले भुमिगत छन् । सात प्रहरी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर गर्दै प्रहरीले खोजी सूचीमा राखेपछि रेशम चौधरी भुमिगत भएका थिए ।

भुमिगत रहेकै अवस्थामा प्रदेश नं. ७ बाट प्रतिनिधि सभामा कैलाली क्षेत्र नं. १ बाट उमेददवार बनेका थिए । उनले राष्ट्रिय जनता पार्टी नेपालबाट अाफ्नाे उमेददवारि दर्ता गरेका हुन् ।

याे समाचार तयार  पार्दा सम्म रेशम अत्याधिक मतका साथ अगाडि छन् । उनले १७७९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनका प्रतिद्वन्दि नेकपा एमालेकि मदनकुमारी शाह (गरिमा)ले २८१९  मत प्राप्त गरेकि छिन् ।

त्यस्तै नेपाली काँग्रेसकि ईश्वरी न्यौपानेले २८१५  मत प्राप्त गरेर तेस्राे स्थानमा छिन् । १२१० मत भने बदर भएकाे छ ।

  • २४ मंसिर २०७४, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech