• २ आश्विन २०७७, शुक्रबार
स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ ।

मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइटमा प्राप्त गर्न सन्छि । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्ने जनाए । मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह रु छ लाख अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ । वेबसाइटसँगै मन्त्रालयका लागि मोबाइल एप्स पनि तयार गरिएको छ ।

  • १४ मंसिर २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech