• २७ बैशाख २०७८, सोमबार
लोकतन्त्रमा हार र जित स्वभाविक : चन्द्र भण्डारी
  • स्टुडियाे संवाददाता

गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई निकटम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले अंकमाल गर्दै बधाई साथै सफल कार्यकालको शुभकामना दिएका छन् ।

रेसुङ्गा नगरपालिकाले विजयी प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा निकटम प्रतिद्वन्द्वीबाट सम्मान पाएका नेता ज्ञवालीले भने, ‘अघि बिहानसम्म हामी पक्ष र विपक्षमा थियौं, तर अब कोही पक्ष र विपक्ष छैनौं ।

देश वनाउने मामिलामा हामी संगै छौं ।’

उनले लोकतन्त्रमा हार र जित स्वभाविक भएको भन्दै कोही बढी उत्साहित र कोही बढी निरास हुन नहुने बताए ।

  • २५ मंसिर २०७४, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech