• ९ असार २०७८, बुधबार
कांग्रेस सभापति देउवाले सभापति र प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी
  • स्टुडियाे संवाददाता

प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव लगत्तै प्रधानमन्त्री र कांग्रेस सभापति पद छोड्ने तयारि गरेका छन् । कांग्रेसले अप्रत्यासित हार व्यहोरेपछि उनी यस्तो तयारीमा लागेको अर्थसरोकारमा खबर छ ।

यस विषयमा उहाँले आफु निकटहरुसँग पनि छलफल गरिसक्नुभएको छ ।’ देउवा निकट कांग्रेसका एक बरिस्ठ नेताले भने, ‘कांग्रेसको मतपरिणाम स्थिति निकै नै नाजुक भयो । यतिसम्म होला भन्ने सोचेका पनि थिएनौं । अव नैतिकताका आधारमा पनि राजीनामा दिनुको विकल्प नभएपछी उहाँले राजीनामा दिने तयारी गर्नुभएको छ ।’ ती नेताले अर्थ सरोकार डटकमसँग भनेकाे समाचारमा उल्लेख छ ।

कांग्रेसको यो अवस्थामा कुर्सीमा बसीहरहनु पनि ठिक छैन ।’ अत्न्यमा ती नेताले भने, ‘चुनावको परिणाम सबैतिर आइसकेपछी देशबासीका नाममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुहुनेछ भने लगत्तै कांग्रेस सभापतिको पदबाट पनि राजीनामा दिनुहुनेछ’ भन्ने समाचार अर्थ सरोकार डटकममा प्रकाशित छ ।

  • २६ मंसिर २०७४, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech