• १२ मंसिर २०७७, शुक्रबार
एमाले एक्लैले सरकार बनाउने भित्रि चलखेल, एमाले नेताले गरे खुलासा (भिडियाे सहित)
  • स्टुडियाे संवाददाता

निर्वाचन अघि उम्मेदवारी दिँन एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशत सिट भागबन्डा गरेका थिए । तर हालसम्मको चुनावी नतिजा र अग्रताका आधारमा भने प्रत्यक्षतर्फ एमालेको ७० र माओवादी ३० प्रतिशतको हैसियत रहने देखिएको छ ।

प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनाव अघि एमाले माओवादीको गठबन्धनले चुनाव लगत्तै एकीकरण हुने भन्ने सहमति भएको थियो । तर निर्वाचनको मत परिणाम पछी एमालेले एक्लै सरकार बनाउने भित्रि चलखेल सुरु गरेको चर्चा सेलाउन नपाउदै कान्तिपुर टेलिभिजन मा एमाले नेता ईश्वर पाेखरेल भन्छन्,”एकता पछि पार्टीको अध्यक्ष, संसदीय दलकाे नेता र प्रधानमन्त्री बेग्लाबेग्लै मान्छे बन्दैन । प्रधानमन्त्री केपि अाेलि बन्छन्।”

ईश्वर पोख्रेल केपी ओलीको विश्वासका पात्र मानिन्छन । उनको यस्तो अभिव्यक्ति पछी के माओवादी एमाले संग एकीकरण होला ? केहि दिनमा नै थाहा हुने छ ।

हेर्नुहाेस् यो अन्तर्वार्ता

  • २८ मंसिर २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech