• १८ मंसिर २०७७, बिहीबार
बाँकेमा माओवादी जिल्ला सदस्य र पूर्व कमाण्डरलगायत कांग्रेसमा प्रवेश
  • स्टुडियाे संवाददाता

बाँकेको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका जिल्ला सदस्यहरू नगेन्द्र शर्मा, प्रेमबहादुर थारु (अमृत) माओवादीका पूर्व जनमुक्ति सेना हरिराम थारुलगायत सयौं व्यक्तिहरू बिहिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसमा प्रवेश गरेका अधिकांश व्यक्ति माओवादीले आफ्नो आधार क्षेत्र मान्ने राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी हुन्। त्यसक्षेत्रमा आयोजित एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् नेपाली कांग्रेसका जिल्ला सदस्य लाहुराम थारु लगायतले नवप्रवेशीलाई रुख चिन्ह प्रदान गरेर पार्टी प्रवेश गराएका थिए।

क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार माधवराम खत्री, प्रदेश सभा–१ ‘क’ मा शरदचन्द्र बर्मा र प्रदेश सभा–१ ‘ख’ मा नारायणप्रसाद गौडेल मैदानमा छन्।

  • १४ मंसिर २०७४, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech