नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेको शाहवंशीय राजाहरुले लगाउने श्रीपेच अवलोकन गरी प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । सोमबार नारायणहिटी पुगेर ओलीले श्रीपेचको अवलोकन गरी उद्घाटन गरेसँगै अब सर्वसाधारणका लागि पनि खुला भएको छ ।
नारायणहिटी दरबार हेर्न जाने जो कोहीले पनि अब श्रीपेचको अवलोकन गर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच हेर्न सकिने छ ।
शाहवंशी राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणका लागि हेर्न खुला गरिँएको छ । श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । २०२८ सालमा यो श्रीपेच पूर्वराजा विरेन्द्रका लागि तयार गरिएको थियो ।
नारायणहिटी दरवार सङ्ग्रहालयका सुर्खेत र रुपन्देही कक्षमा रहेका ती समाग्री सोमबारबाटै सर्वसाधारणहरुले पनि हेर्न पाउने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने जनाएको छ ।
हाल प्रदर्शनमा राख्न लागिएको श्रीपेच राजा विरेन्द्रका लागि २०२८ सालमा प्रेमलाल श्रेष्ठले तयार गरेका थिए ।