• १० मंसिर २०७७, बुधबार
जबरजस्ती लाइक गर्न लगाउने पोस्टहरु फेसबुकले हटाइदिने
  • स्टुडियाे संवाददाता

फेसबुकले जबरजस्ती लाइक, शेयर वा कमेन्ट गर्न लगाउने खालका साइट र तस्बिरहरुलाई अबदेखि हटाउने बताएको छ ।

मानिसहरुको ध्यान केन्द्रित गराउन ‘यसलाई लाइक गर्दा २४ घन्टामै राम्रो खबर पाइन्छ’, ‘यी भगवान्को दर्शन गर्न एक शेयर वा यस्तो कमेन्ट गर्नुहोस्’ जस्ता पोस्टहरुलाई फेसबुकले हटाउने निर्णय गरेको बताएको छ ।

यस्ता पोस्टहरुले फेसबुकको दुरुपयोग भन्दै हटाइदिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै धेरै प्रयोगकर्ताले पनि यससम्बन्धी गुनासो गरिरहेकाले यस्ता पोस्टलाई हटाउने निर्णय गरेको बताएको छ । त्यसैले सोमबारदेखि नै न्युज फिडबाट यस्ता किसिमका पोस्टलाई नदेखिनेगरी तल राखिने बताइएको छ ।

यति गर्दा पनि उनीहरुले लाइक, कमेन्ट र शेयर पाउन यस्तो तरिका अपनाएमा फेसबुकले तिनीहरुमाथि प्रतिबन्ध नै लगाइदिने चेतावनी दिइसकेको छ । यसबाहेक कतिपय पोस्टहरुले प्रयोगकर्तालाई विज्ञापनले भरिएका लिङ्कतर्फ लैजाने गरेकामा फेसबुकले गतसाता यस्ता पोस्टहरु राख्नमा निषेध गरिदिएको थियो ।

तर फेसबुकले यस्ता अनावश्यक सामग्रीलाई हटाउन गरिरहेको विभिन्न प्रयास कत्तिको फाइदाजनक साबित भइरहेको छ भन्नेबारे परिणाम आउन बाँकी नै छ । तर पनि फेसबुक प्रयोगकर्ताले कस्तो पोस्ट हेर्न पाउने वा नपाउने भन्नेमा फेसबुकको पूर्ण नियन्त्रण हुने भएकाले उनीहरुले अपनाएको यो तरिकाले त्यस्ता सामग्रीलाई धेरै कम गराउने अनुमान गरिएको छ । फेसबुकलाई सुरक्षित र अनावश्यक सामग्रीरहित बनाउन हालमा थुप्रै परिवर्तनहरु गरिएका छन् ।

  • ५ पुष २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech