• १४ मंसिर २०७७, आईतवार
स्टार लियोनल मेस्सिको विगत देखि वर्तमानसम्म, उपचार गर्ने पैसा नहुनाले खेलाडी बनायो
  • स्टुडियाे संवाददाता

विश्वमा सबैभन्दा चासोको रुपमा हेरिने खेल हो फुटबल । खेल जगतमा फुटबललाई जति महत्वका साथ लिईने गरिन्छ ,उतिनै महत्वका साथ लिने नाम हो, लियोनेल मेस्सी ।

लियोनेल मेस्सी पछिल्लो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरु मध्येमा एक मानिन्छन् । मेस्सीको जन्म सन् २४ जुन, १९८७ मा अर्जेन्टिनाको रोसारियो भन्ने सानो सहरमा भएको थियो । उनका बुवा कारखानामा काम गर्थे भने आमाले क्लिनरमा काम गर्थिन ।उनका रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकी एक बहिनी पनि छन् ।

मेस्सीले पाँच बर्षको उमेर देखि आफ्ना बुवा जर्ज मेस्सीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न आरम्भ गरे ।सन् १९९५ मा मेस्सी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे ।तर ११ वर्षको उमेरमा उनको प्रारम्भिक परीक्षणमा शारीरिक विकास हार्मोनको कमी देखा पर्यो। विपन्न उनका बाबुको छोराको उपचार गर्न सक्ने आर्थिक हैसियत थिएन । एकदिन मेस्सीका एक जना आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई उनको प्रतिभाको बारेमा बताए । मेस्सी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्था मिलाए।

मेस्सीले सन् १६ नोभेम्बर, २००३ मा (१६ वर्ष र १४५ दिनको उमेरमा) पोर्टो बिरुद्ध एक मैत्रीपूर्ण खेलबाट पहिलो क्लबको लागि आफ्नो खेल जीवनको औपचारिक शुरूवात गरे ।त्यसको एक वर्षभन्दा पनि कम समयमा नै सन् १६ अक्टोबर, २००४ मा (१७ वर्ष र ११४ दिनको उमेरमा) फ्रान्क रिजकार्डले उनलाई इस्पेन्योल बिरुद्धको खेलबाट आफ्नो पहिलो लिग खेल शुरूवात गर्ने मौका दिए । उनी त्यस समय सम्ममा बार्सिलोनाको लागि खेल्ने तेस्रो सबैभन्दा कम उमेरको खेलाडी र लालिगामा गोल गर्ने सबैभन्दा युवा क्लब खेलाडी बने ।
यति मात्र हैन उनी बार्सिलोनाको लागि लालिगा खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने।जुन रेकर्ड २००७ मा मेस्सीकै सहयोगमा बोजन क्रिचले तोडे । मेस्सीले आफ्नो पूर्व प्रशिक्षक फ्रान्क रिजकार्डको बारेमा भनेका छन: “वहाँले मेरो खेल जीवनको शुरुवात गराउँनु भएको तथ्य म कहिल्यै भुल्न सक्दिन, वहाँले म मात्र १६/१७ बर्षको हुँदा नै ममा विश्वास जगाउँनु भयो ।”

१६ सेप्टेम्बरमा तीन महिनामानै दोस्रो पटक बार्सिलोनाले मेस्सीको अनुबन्धनको म्याद थप गरेको घोषणा गर्यो।यस पल्ट उनलाई पहिलो समूहको सदस्यको रूपमा भूक्तानी दिने र जुन २०१४ सम्म अनुबन्धन म्याद थप्ने काम भयो ।त्यस समय मेस्सीले सत्र लिग खेलहरूमा ६ गोल गरे, सो छ मध्यमा एक च्याम्पियन्स लिगका लागी गरिएको गोल थियो । मेस्सीले आजसम्म बार्सिलोना फुटबल क्लब छोडेका छैनन् । मेस्सीले आफ्नो खेल जीवनमा ५०० गोलको कोसे ढुङ्गा पनि पूरा गरि सकेका छन्।सर्वाधिक फिफा वर्षको उपाधि जित्न सफल मेस्सीले आफ्नो ५०० गोल सन् २०१६ अप्रिल १७ (ला लिगा) मा भ्यालेन्सिया विरूद्ध १ गोल गर्दै पूरा गरे।तर उक्त ऐतिहासिक खेलमा भने उनको क्लब २-१ गोल अन्तर ले पराजित हुन पुग्यो ।साथै उनले सन्२००५ मे मा अल्बासेटे विरूद्ध पहिलो सिनियर गोल गरेका थिए। उनले ५०० गोल मध्ये ५०गोल राष्ट्रका लागि भने ४५० गोल क्लब बार्सिलोनाका लागि गरेका थिए। ५०० गोल मध्ये ४०६ अथवा ७०% गोल मेस्सिले देब्रे खुट्टालेे गरेका छन् ।

मेस्सीले जुन २००४ मा, पाराग्वे बिरुद्ध अन्डर-२० मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको लागि पहिलो खेल खेले। सन् २००५ मा उनले नेदरल्याण्डमा २००५ फिफा वर्ल्ड युथ च्याम्पियनसिप जित्ने टिमको खेलाडी थिए। यहाँ उनले अर्जेन्टिनाको लागि अन्तिम चार खेल खेलेर प्रतियोगिता अवधिमा सर्वाधिक ६ गोल गर्दै गोल्डन बल र गोल्डन बुट जिते ।

मेस्सिले १७ अगस्ट २००५मा १८ वर्षको उमेरमा हङ्गेरी बिरुद्ध पहिलो पूर्ण अन्तर्राष्ट्रिय खेल खेले। ६३औँ मिनेटमा उनले अर्को खेलाडीलाई प्रतिस्थापित गरे, तर ६५औँ मिनेटमा निष्कासित भए किन भने रेफ्री, मार्कस मर्कले उनले आफ्नो सर्ट तान्दै गरेका रक्षापंक्ति विलमस भ्यानज्याकलाई टाउकाले हानेका देखेका थिए। यो निर्णय विवादास्पद थियो र म्याराडोनाले पनि निर्णय पूर्व-निर्धारित भएको दावा गरेका थिए। ३ सेप्टेम्बरमा विश्वकप छनौटमा पाराग्वेलाई १-०ले हराएको खेलबाट मेस्सी टिममा फिर्ता भए। म्याच अगावै उनले भने कि “यो मेरो पून:शुरूआत हो। पहिलो धेरै कम समयको लागि नै थियो।यसपछि उनले अर्जेन्टिनाको लागि पेरू बिरुद्ध आफ्नो पहिलो खेल शुरू गरे, म्याच पछि पेकरम्यानले मेस्सीलाई एक “रत्न”को रूपमा वर्णन गरे। २८ मार्च, २००९मा भेनेजुएला बिरुद्द विश्वकप छनौटमा मेस्सीले पहिलो पल्ट अर्जेन्टिनाको लागि १० नम्बरको जर्सी लगाए। यो म्याच डिएगो म्यारडोनाको लागि अर्जेन्टिनाको प्रशिक्षकको रूपमा पहिलो आधिकारिक म्याच थियो। लियोनेल मेस्सीको शुरुवाती गोलको मद्दतले अर्जेन्टिनाले खेल ४-० ले जित्यो।

युरोपेली च्याम्पियन्स लिग शीर्ष स्कोरर,ट्रोफियो अल्फ्रेडो डी स्टेफानो ,ट्रोफियो अल्फ्रेडो डी स्टेफानो,फिफा वर्ष खेलाडी ,फिफा क्लब विश्वकप गोल्डन बल ,फिफा क्लब विश्वकप गोल्डन बल,टोयोटा पुरस्कार,टोयोटा पुरस्कार,फिफा वर्षको विश्व युवा खेलाडी,फिफा वर्षको विश्व युवा खेलाडी,फिफाप्रो वर्षको विश्व खेलाडी, फिफाप्रो वर्षको विश्व खेलाडी ,विश्वकप गोल्डेन बल ,विश्वकप गोल्डेन बल जस्ता सयौ पुरस्कार मेस्सिले आफ्नो पोल्टामा पारेका छन् ।

मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका हाल सर्वाधिक गोलकर्ता हुन्। उनले आफ्नो अन्तरास्ट्रिय फुटबल करियरमा ५० गोलको कोसे-ढुङ्गा समेत पार गरिसकेका छन्। फिफा बेलोन डी’ओर पाँचौ पटकका विजेता मेस्सीको खेल शैली र क्षमताको कारणले गर्दा फुटबलको बादशाह भनेर चिनिने डिएगो म्याराडोनासँग उनको तुलना हुन थालेको छ। उता म्यारोडोना स्वयमले मेस्सीलाई आफ्नो “उत्तराधिकारी” घोषित गरिसकेका छन । आधुनिक फुटबलको साम्राज्यमा कुशल खेल शैलीका कारण मेस्सी फुटबलका बादशाह बनेर चम्किरहेका छन ।

  • ५ पुष २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech