• १२ मंसिर २०७७, शुक्रबार
अध्यादेशमा कुरा नमिल्दा बालुवाटार बैठक निष्कर्षविहीन
  • स्टुडियाे संवाददाता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको पाँच दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि कुनै सहमति जुट्न नसकेको हो।

बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्नुपर्ने अडान दोहोर्‍याएका थिए। जवाफमा दुई दलले राजनीतिक सहमतिका आधारमा अध्यादेश पछि पठाउने गरी तत्काललाई फिर्ता लिन आग्रह गरेका थिए। तर दुवै पक्ष आआफ्नो अडानबाट पछि हट्न तयार भएनन्।

बैठक पुनः बस्ने समझदारीसहित बिना निश्कर्ष टुंगिएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाले पूर्णता नपाउने बताए।

  • ७ पुष २०७४, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech