• ७ बैशाख २०७८, मंगलवार
सुरुङ्गामा आगलागी हुँदा ७ लाखको क्षति
  • स्टुडियाे संवाददाता

 

सप्तरीको सुरुङ्गा नगरपालिका ४ कनकपुरमा आगलागी हुँदा ७ लाखको क्षति भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका-४ का रामलोचन रामको दुई तल्ले कच्चि घर र गाई गोठमा आगलागी हुँदा करिव ७ लाख बराबरको क्षति भएको हो ।

सोमवार दिउँसो सवा ४ बजेको समयमा अचानक आगलागी हुँदा गाई गोठ, घर र घर भित्र रहेका नगद, सुनचादी, लत्ताकपडा र अन्नपात समेत जलि उक्त क्षति भएको थियो ।

आगलागी भएको भन्ने सूचना प्रहरीलाई प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय कडोरबोना, सप्तरीबाट प्रहरी टोली परिचालित भई स्थानिय बासिन्दाको सहयोगमा डेढ घण्टा पछी आगो प्रहरीले पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

तस्बिर : राजेश बिद्रोही

  • १४ फाल्गुन २०७५, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech