संस्कृति पर्यटन तथा नागरिक उडय्यन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।
हेलिकप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवावाटरमा मन्त्रिपरिषद्को आकिस्मक बैठक बोलाएका छन् । बैठक आज ३ बजेका लागि बोलाइएको छ ।
पर्यटनमन्त्री अधिकारीसहित ६ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको हो । हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार रहेको बताइएको छ ।