• ७ बैशाख २०७८, मंगलवार
हेलिकोप्टर दुर्घटना : दुर्घटना भएको हेलिकप्टरमा को-को थिए?
  • स्टुडियाे संवाददाता

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

ताप्लेजुङको पाथीभरा मन्दिर जाँदै गर्दा दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार थिए।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक  आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।

तेह्रथुमको आठराई स्थित हेलिप्याड निरीक्षण गरि पाथिभरा मन्दिर दर्शन गर्न उडेको मन्त्री अधिकारी चढेको हेलिकप्टर दाह्रेभीरमा दुर्घटनाग्रस्त भएको देखेको स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

  • १५ फाल्गुन २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech