• ७ बैशाख २०७८, मंगलवार
अपडेट : मन्त्री अधिकारी र पिएसओको शव पहिचान
  • स्टुडियाे संवाददाता

 

तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्टर दुर्घटना परी निधन भएका दुई जनाको शव पहिचान भएको छ। गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका अंगरक्षक (पीएसओ) अर्जुन घिमिरेको शव चिन्ने अवस्थामा रहेको छ।

सुवेदीले भने ‘उहाँहरूको शव केही जलेको छ। तर चिन्न सक्ने अवस्थामा रहेको स्थानीय प्रशासनले जनाएको छ।’ अन्यको शव जलेकोले पहिचानमा कठिनाइ भएको उनले बताए। प्रवक्ता सुवेदीका अनुसार अहिले स्थानीय प्रशासन उद्धारमा जुटेको छ। सातै जनाको शव फेला परेको उनले बताए। पाँथीभरा मन्दिरदेखि डेढ किलोमीटरको दुरीमा तारेभिरमा हेलीकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा सवार मन्त्रीअधिकारीसहित सात जनाको निधन भएको छ।

दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको ताप्लेजुङ प्रहरी सूचना शाखाका हवल्दार विनोद परियारले जानकारी दिए। मन्त्री अधिकारीसहितको टोली आजै तेह्रथुममा विमानस्थल सम्भाव्यता अध्ययनका लागि गएको थियो।

  • १५ फाल्गुन २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech