सधैं झैं हँसिलो अनुहार लिएर कार्यक्रममा सहभागी भएको र स्थानीय जनताबाट सम्मान ग्रहण गरेको तस्वीरमा देखिन्छ। यो मुस्कान नै उनको सार्वजनिक मुस्कान बन्न पुग्यो ।
स्वर्गीय रबीन्द्र अधिकारीलाई रिसाएको देख्नेहरु एकदमै कम छन् । किनकी, उनी हत्तपत्त रिसाउँदैनथे । चित्त नबुझेको कुरालाई पनि हाँस्दै नकार्ने र आफ्नो मत राख्ने उनको स्वभाव थियो ।
रबीन्द्र अधिकारीका अहिलेसम्म सार्वजनिक भएका जति पनि तस्वीरहरु छन्, त्यहाँ उनी हँसिला नै छन् । उनलाई नजिकबाट चिन्नेहरु मात्र होइन उनका शुभेच्छुक र मतदाताहरु अधिकारीको निधन भएको खबरबाट निकै मर्माहत भएका छन् । सबैले उनको हँसिलो अनुसार सम्झिरहेका छन् ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित ७ जनाको निधन भएको छ ।
दुर्घटनाको केहीबेर अघि उनलाई आठराई गाउँपालिकाले स्वागत गरेको थियो । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि ताप्लेजुङ पुगेको थियो । त्यहाँबाट फर्कने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् ।
तस्वीर सौजन्य : सुर्योदय अनलाइन/रमेश तिवारी