• ७ बैशाख २०७८, मंगलवार
मन्त्रीको निधन प्रति कृषि मन्त्री शैलेन्द्र शाहद्वारा दुख व्यक्त
  • स्टुडियाे संवाददाता

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै युवा नेता सतथा प्रदेश नं २ का कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद शाहले दुःख व्यक्त गरेका छन। उनले समाजिक सन्जालमा भाव पुर्ण सम्वेदना प्रकट गरेका छ्न ।

ताप्लेजुङको पाँथीभरा मन्दिरदेखि डेढ किलोमीटरको दूरीमा मन्त्री सवार हेलिकोप्टर भिरमा ठोकिएर दुर्घटनामा परेको हो। हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित सात जनाको निधन भएको छ। दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान)का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको हो।

 

  • १५ फाल्गुन २०७५, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech