सप्तरी अदालतले सुरुङ्गा नगरपालिका ५ हरीपुरका चुडामणि ठाकुर र रामबाबु गुप्ता साहलाई सर्वस्वसहित जन्मकैद सजाय र बोदे बर्साइन नगरपालिका ५ देउरी बस्ने कपिल देव दासलाई ६ महिना कैद सजाय अन्तिम फैसला गरेको छ।
सप्तरीको सुरुङ्गा नगरपालिका ५ हरीपुरका आठ वर्षीय बालक दुर्गानन्द साहको अपहरण गरी निर्ममतापूर्वक हत्या गर्ने छिमेकीहरू दुई जनालाई जिल्ला अदालत सप्तरीले बुधबार सर्वस्वसहित जन्मकैद सजायको अन्तिम फैसला गरेको हो ।
राजविराज नगरपालिका ८ कञ्चनरुप रोडस्थित मनीषा कम्युनिकेसन सञ्चालन गरी बसेका २४ वर्षीय कपिलदेव दासले कागजी प्रकृया नपुर्याई ठाकुरलाई सिमकार्ड बिक्री गरेको आरोपमा ६ महिना कैद सजायको फैसला सुनाएको छ।
बि स २०७३ मङ्सिर ११ गते राति छिमेकी ठाकुरले अपहरण पश्चात हत्या गरेको थियो । हत्या पश्चात् बोरामा बाँधेर छिमेकी पन्नालाल साहको शौचालयको सेफ्टी ट्याङ्कमा फालेको १९ औं दिन सडेगलेको अवस्थामा बालकको शव फेला परेको थियो ।
आरोपितहरुले मनीषा कम्युनिकेसनबाट लिएको मोबाइल ९८१६७१११६१ नम्बरबाट म्यासेज पठाएर बालकका आमासँग पाँच लाख फिरौती मागेका थिए।