• ७ बैशाख २०७८, मंगलवार
राजविराजमा प्रदेशस्तरीय क्रिकेट : सप्तरीले पर्सासँग फाइनलमा भिड्दै
  • स्टुडियाे संवाददाता

 

राजविराजमा गत शनिबारदेखि सुरु भएको २ नम्बर प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सप्तरीले पर्सासँग फाइनलमा भिड्दै छ ।शुक्रवार तेश्रो स्थानको लागि पहिलो खेल बारा र सर्लाही बिच तथा फाईनल खेल सप्तरी र पर्सा बिच हुने आयोजक कमिटीले जनाएको छ ।

मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सप्तरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिताको छैठो दिनको अन्तिम लिग खेलमा सिरहालाई सर्लाहीले ६ विकेटले पराजित गरेको छ भने सप्तरीले रौतहटलाई २५ रनले पराजित छ । सप्तरी र पर्सा टिमको जित सङगै फाईनल खेल खेल्ने भएको छ ।

राजबिराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा जारी बिहिवार सिराहाले टसजिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा ९२ रन जोडन सफल भएका थिए । ९३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सर्लाहिले उक्त लक्ष्य १६ ओभर ५ बलमा ४ बिकेटको नोक्सानीमा भेटाएका थिए ।

यस्तै बिहिवारनै सम्पन्न अर्को खेलमा सप्तरीले १ सय ५२ रनको टार्गेट दिदै मैदानमा ओर्लेको रौतहटले २० ओभर खेलि ७ बिकेटको नोक्सानीमा १ सय २६ रन मात्र जोडन सकेका थिए ।

खेलको म्यान अफ द म्याच सर्लाहिका तर्फबाट अलराउण्ड प्रर्दशन गरेवापत सुशान्त सिंहलाई र सप्तरीका उत्कृष्ट ब्याटिंग गरे वापत किर्तिमानी खेलाडि महवुव आलम घोषित गरियो । सिंहले नटआउट रहि ३३ रन र महवुवले ३८ बलमा ४ चौक्का र ७ छक्काको मद्धतले ७२ रनको बनाएको थियो ।

आठाैं राष्ट्रिय खेलकुद २०७५ मा २ नम्बर प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको गत शनिबार एक समारोहका बीच मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले उद्घाटन गरेका थिए ।

  • १६ फाल्गुन २०७५, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech