• ७ बैशाख २०७८, मंगलवार
सप्तरीको एक बालक सहित लहानक्षेत्रबाट एक महिनामा ७ बेपत्ता,२ को हत्या
  • स्टुडियाे संवाददाता

 

सिरहाको लहान नगरपालिका क्षेत्रबाट विगत एक महिनामा सात बालक बेपत्ता भएको छ । अहिले सिरहाको लहान क्षेत्र असुरक्षित बन्दै गएको छ ।

सप्तरीको बलानविहुल २ घर भएका सन्तोष साहका १४ बर्षीय छोरा लिलाकान्त साह माघ देखि बेपत्ता भएको छ । लहान स्थित मनकामना सेकेण्ड्री इंलिस बोर्डिङ स्कूल लहान ८ को होस्टलमा बस्दै आएका लिलाकान्त साह बेपत्ता भएका छन् । लिलाकान्त साह घरको लागि निस्किएको अवस्थामा बालक वेपत्ता भएको हो ।

 

होस्टलमा रहेका बालकलाई उनका अभिभावकले माघ २७ गते सरस्वती पूजाका दिन मनकामना बोर्डिङ स्कूलको होस्टलमा खोज्न पुग्दा त्यहाँका एक शिक्षिकाले ७/८ दिन पहिले नै होस्टेलबाट गएको बताए पछि बालक बेपत्ता भएको थाहा पाए ।

नवराजपुर गाउँपालिका २ स्थित मझौरा बस्ने सुरेन्द्र यादवका ११ बर्षीय छोरा आसुतोषकुमार यादव यहि फागुन १० गतेदेखि बेपत्ता भएका छन् । लिट्टिल स्टार बोर्डिङ स्कूलमा पढ्दै आएका बालक विहान ६ बजे ट्युशन पढ्न गएपछि घर फिर्ता नआएको उनका काका शैलेन्द्रप्रसाद यादव बताउँछन् । भतिजा अध्ययनरत विद्यालय नजिक लहान ६ मा आमा बुबासँगै भाडामा बस्दै आएका थिए ।

करिब एक सत्तादेखि सखुवानन्कारकट्टी निवासी तीन बालक वेपत्ता भएका छन् । यसमा दूई जनाको नाम सन्तोष नै रहेको छ भने एक जनाको नाम सार्वजनिक भएको छैन ।

भारतको बिहारमा दुई बालकको हत्या

लहानबाट बेपत्ता भएको दूई जनालाई भारतको विहारमा हत्या गरिएको सार्वजनिक भएको छ । विगत केही दिनदेखि बेपत्ता रहेका सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो ।

यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो ।

 

लहानक्षेत्रमा यत्तिबेला विद्यालयको लापरवाही, अभिभावकको निगरानी अभाव, लैगिँक आत्मियता, लागुऔषध सेवन गर्ने साथीसँगतको प्रभाव, घरायसी विवाद, अपराधी क्रियाकलाप ,भड्किलो लवाईखवाईको कारण यस्ता घटना भईरहेको स्थानीय वुद्धिजिवीहरुको भनाई रहेको छ ।

यता लहान क्षेत्रको सुरक्षा अहिले कडाइ गरेको छ । लहान क्षेत्रबाट करिब १ महिनाको अवधिमा ७ जना बालक बेपत्ता मध्ये दुई जनालाई भारतको विहारमा हत्या भए सङै अहिले सुरक्षा ब्यबस्था कडा गरेको छ । यस घटना बारे अनुसन्धान भईरहेको छ ईलाका प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताए ।

  • १७ फाल्गुन २०७५, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech